नियम ५७
जरिवाना वा छुट रकम असुल गर्ने सम्बन्धी कार्यविधि
(१) भन्सार कार्यालयमा निकासीकर्ता वा पैठारीकर्ताले तिर्नु वुझाउनु पर्ने महसुल गणितीय भूलबाट वा वस्तु वर्गीकरण शीर्षक वा उपशीर्षक फरक परेर वा अन्य कुनै कारणले छुट भएको पछि देखिएमा वा निजले बुझाउनु पर्ने कुनै जरिवानाको रकम बुझाउन बाकी भएमा भन्सार अधिकृतले त्यस्तो जानकारी पाएपछि जरिवाना वा छुट भएको महसुल दाखिला गर्न सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ता वा निजको भन्सार एजेन्टलाई अविलम्ब लिखित सूचना दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त गर्ने व्यक्तिले यस्तो सूचना पाएको पन्ध्र दिनभित्र त्यस्तो रकम भन्सार कार्यालयमा बुझाउनु पर्नेछ । त्यस्तो रकम तिर्न बुझाउन नपर्ने वा पहिले नै बुझाइसकेको भए सोही व्यहोराको जानकारी र सोको वस्तुगत आधार प्रमाण समेत सूचना पाएको पन्ध्र दिनभित्र भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम रकम तिर्न बुझाउन नपर्ने वा पहिले नै बुझाइसकेको जानकारी प्रमाण सहित प्राप्त भएमा भन्सार अधिकृतले जाँचबुझ गरी व्यहोरा सत्य भएमा त्यस्तो रकम तिर्न नपर्ने जानकारी निवेदकलाई गराउने छ र निवेदकको व्यहोरा र प्राप्त प्रमाण मनासिव नभएमा उक्त रकम दाखिला गर्न पुन सात दिनको म्याद दिई सूचना गर्नु पर्नेछ । यस्तो सूचना पाएपछि सम्बन्धित व्यक्तिले म्यादभित्र त्यस्तो रकम दाखिला गर्नु पर्नेछ । यसरी छुट भएको महसुल म्यादभित्र नबुझाउने व्यक्तिको जुनसुकै भन्सार कार्यालयबाट हुने कारोवार रोक्का गर्न वा जुनसुकै सरकारी कार्यालयमा रहेको निजको सम्पत्तिबाट असुलउपर गर्न सकिनेछ ।
(४) जरिवाना वा छुट महसुल बुझाउन यस नियम बमोजिम सम्बन्धित भन्सार एजेन्टलाई सूचना गरेकोमा निजले सो सूचना तुरुन्तै सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई उपलब्ध गराई निर्धारित म्यादभित्र त्यस्तो महसुल रकम दाखिला गर्नु गराउनु र त्यस्तो जरिवाना वा छुट महसुल असुल गर्ने प्रयोजनका लागि आवश्यक परेमा सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई भन्सार कार्यालयमा उपस्थित गराउन सहयोग गर्नु सो भन्सार एजेन्टको कर्तव्य हुनेछ ।
(५) उपनियम (३) बमोजिम जरिवाना वा छुट महसुल असुल हुन नसकेमा त्यस्तो बाकी रकम सरकारी बाकी सरह असुल उपर गरिनेछ ।
(६) कुनै निकासीकर्ता वा पैठारीकर्ताबाट छुट महसुल असुल गर्न बाकी रहेकोमा यस नियम बमोजिम म्यादभित्र दाखिल नगरेको तथ्य जानकारी हुदाहुंदै भन्सार कार्यालयको प्रमुखको आदेश बिना निजको मालवस्तु जा“चपास गर्ने भन्सार कर्मचारीलाई प्रचलित कानून बमोजिम विभागीय सजाय हुनेछ ।